काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । केहि बेरअघि सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको बैठकले आज सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रम र संसद् बैठकबारे रणनीति तय गर्ने भएको छ ।
सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न भन्दै हिजोका लागि बोलाइएको बैठक स्थगित गरेको थियो ।
सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेस छानबिनका निम्ति संसदीय समिति गठन नभएसम्म सदन चल्न नदिने अडानमा रहेको छ ।