Logo
Logo
मन्त्रिपरिषद् बैठक

नीति तथा कार्यक्रम र १६औं पञ्चवर्षीय योजना पारित


693
Shares

काठमाडौं । सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दिउँसो ३ बजे बस्ने संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम पारित गरेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको जानकारी दिए ।

त्यस्तै आजको बैठकले सोह्रौँ पञ्चवर्षीय आवधिक योजना पनि पारित गरेको छ । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१÷८२–२०८५÷८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि राष्ट्रिय योजना आयोगले हिजो मन्त्रिपरिषद्मा पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस्