काठमाडौं । सरकारले पूर्वराजपरिवारको सम्पत्ति खोजी गर्ने भएको छ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा सो विषय समेटिएको छ।
‘पूर्व राजपरिवारको स्वामित्वको सम्पत्ति खोजबिन तथा संरक्षणलाई निरन्तरता दिनुका साथै प्राप्त सम्पत्तिको समुचित उपयोगका लागि व्यावसायिक तथा रणनीतिक योजना बनाई कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।
देश गणतन्त्रमा गइसकेपछि पूर्वराजा ज्ञानेन्द्र शाह नागार्जुन दरबारमा बसिरहेका छन् ।