Logo
Logo
सुदूरपश्चिम प्रदेश

मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिने, एमालेले पनि मत दिने


756
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले भोलि बिहीबार विश्वासको मत लिने भएका छन् । सोडारीलाई नेकपा एमालेले पनि विश्वासको मत दिने भएको छ ।

यस अघिसम्म एमाले विश्वासको मत दिन तयार नभएपछि दुई पटकसम्म विश्वासको मत लिने समयमा प्रदेशसभा बैठक स्थगित गरिएको थियो । तर, यसपटक विश्वासको मत दिन एमाले तयार भएको छ । भोलि मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए ।

उनले भने, ‘हामी भोलि विश्वासको मत दिन्छौँ । त्यस विषयमा अज संसदीय दलका बैठकबाट निर्णय गर्दैछौँ ।’ वैशाख ६ गते एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

जेठ ४ गतेसम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । सोडारीले एक दिनअघि नै विश्वासको मत पाउने करिब पक्का जस्तै भएको छ ।

सोडारीले विश्वासको मत पाएलगत्तै सरकार विस्तार हुनेछ । अहिलेसम्म सोडारी हित नागरिक उन्मुक्तिका कैलाश चौधरी भौतिक पूर्वाधार विकास मन्त्री र नाउपाकै टिका थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त भएका छन् । माओवादी र एमाले अहिले सरकार बाहिर छन् ।

सुदूरपश्चिममा ५३ सांसद छन् । सोडारीले बहुमतको लागि २७ मत पाउनु पर्छ । यहाँ एमालेका ११, माओवादीका सभामुख बाहेक १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र एक सांसद छन् । नाउपामा आन्तरिक विवाद छ ।

नाउपामा रेशम पक्षमा सांसदहरू यो सरकारको विपक्षमा छन् भने रन्जिता पक्षमा २ सांसद सरकारमै सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्