Logo
Logo

माधव नेपालले भने- हामी बामपन्थी एकताको पक्षमा छौँ


630
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी अहिले पनि बामपन्थी एकताको पक्षमा नै रहेको स्पष्ट पारेको छ । पार्टी केन्द्रीय कमिटीले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार पार्टी कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष माधव कुमार नेपालले वामपन्थी एकताको पक्षमा आफुहरु रहेको र फुट र विभाजनको पक्षमा नरहेको बताएका हुन् ।

उनले जसपा विभाजित भएपछि समाजवादी मोर्चाको भविष्यमा संकट निम्तिएको र मोर्चाभित्र पनि छलफल गर्ने वातावरण बन्न नसकेको धारणा राखे । अध्यक्ष नेपालले जसपा नेपालको फुटले सत्ता समिकरणमा केहि जटिल अवस्था सिर्जना भएको उल्लेख गरे ।

अध्यक्ष नेपालले समग्र सहकारी समस्या समाधानको लागि छानविन समिति गठनगरी दोषिमाथि कडा कारबाही गर्न बैठकले माग गरेको जानकारी दि । उनले देशभक्त शक्तिहरु एकजुट भएर राष्ट्रका समस्या समाधान गर्नुपर्छ भन्नेमा प्रष्ट रहेको धारणा राखे । संसदमा देखिएको गत्यारोध अन्त्यका लागि सवै पक्ष गम्भीर हुनुपर्ने उनले बताए ।

बैठकले लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तिय तथा मौद्रिक नीतिहरूमार्फत अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न सरकारसँग माग गरेको छ ।
बैठकले पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक प्रतिवेदनलाई थप समृद्ध बनाउन केन्द्रीय नेताहरुले सुझावसहित अनुमोदनका लागि सचिवालय पठाउने निर्णय गरेको छ ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले महाधिवेशन तयारी मूल व्यवस्थापन कमिटीलाई तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न निर्देशन पनि बैठकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्