Logo
Logo

ओमनको मस्कटमा राजेशपायलले मच्चाए सांगीतिक धुम


252
Shares

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक ‘राई इज किङ’ले ओमनको मस्कटमा सांगीतिक धुम मच्चाएका छन् ।
नेपाल किरात समाज, ओमनले पहिलोपटक आयोजना गरेको सांगीतिक कार्यक्रममा लोकप्रिय राजेशपायल राईलाई अतिथि कलाकार तथा अभिनन्दनका रुपमा निम्ताइएको हो ।

कार्यक्रममा राजेशपायलले आफ्ना नयाँ तथा पुराना गरी तीन दर्जनभन्दा बढी गीत गाएका थिए । स्टेज किङका रुपमा समेत चर्चित राजेशपायलको गीतमा हजारौँ दर्शकले भरिपूर्ण मनोरञ्जन लिँदै सांगीतिक माहोलमा झुमेका थिए । राजेशपायलसँग झुमिरहँदा उनीहरुले करिब तीन घण्टा बितेको समेत पत्तै पाएनन् ।

नेपाली गायन क्षेत्रका एकमात्र ‘मेगास्टार’ राजेशपायल उपस्थित यस कार्यक्रमलाई आयोजकले साकेला (उभौली)को स्वागतका रुपमा लिइएको थियो ।

अभि नारायण र सन्तोष राईको उत्कृष्ट उद्घोषण रहेको कार्यक्रममा एनआरएनए मस्कटका पूर्वअध्यक्ष डिबी क्षेत्री र कुसल तराईले स्वागत मन्तव्य राखेका थिए । साथै, कार्यक्रममा नेपाली राजदूत दोर्ण अर्यालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विभिन्न कार्यको सिलसिलामा ओमन रहँदै आएका हजारौँ नेपालीको सहभागिता रहेको थियो । राई र लिम्बूको संस्था नेपाल किरात समाजले मस्कटमा पहिलोपटक संयुक्त रुपमा सांगीतिक कार्यक्रम गरेको हो । यो कार्यक्रम सोचेभन्दा भव्य र सभ्य भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्