Logo
Logo

बाजुरा : -यापिड टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ


नन्दा थापा

0
Shares

  • नन्दा थापा

चैत्र २८, बाजुरा । जिल्लाका सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माद्यमिक विद्यालयमा रहेका ३५ जनाकै कोरोना परिक्षणका लागि -यापिड टेष्ट गरेपछि सबैको कोरोना नेगेटिभ भएको पाइएको छ ।
क्वारेन्टाईनमा १४ दिन पुगेकालाई -यापिड टेष्ट शुरु पछि ३५ जनाको कोरोना नेगेटिभ स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् ।


बाजुरा जिल्ला नौ ओटा क्वारेन्टाईनमा राखिएका मानिसहरुको -यापिड टेष्ट गरिएको छ । १४ दिन पुगेका बडिमालिका नगरपालिकाको बडिमालिका माबिमा राखिएका ३५ जना, त्रिवेणी नगरपालिकामा राखिएका १० जना, बुढिगंगामा ४ जना र गौमुलका २ जनलाई -यापिड टेष्ट गरिएको छ । रिपोट नेगेटिभ आएमा उनीहरुलाई १ हप्ता होम क्वारेन्टटाइमा बस्ने गरि कागज बनाएर घर पठाउने गरेको बडिमालिका नगरपालिकाका स्वास्थ्य सयोजक टेकबहादुर खड्काले वताए ।
नौ वटा स्थानिय तहका १ सय १७ जनलाई क्वारेन्टान्टाईनमा राखिएका छन् । -यापिड टेष्टका लागि बाजुरा अस्पताल, जिल्ला स्वास्थ्य र अन्य उपलब्ध स्थानिय तहका स्वास्थ्यकर्मीहरू परिचालन गरिएका पन्तले बताए ।
¥यापिड टेष्टका लागि पहिलो चरणमा ३ सय थान -यापिड टेष्ट किट जिल्लामा आएको छ । क्वारेन्टाईको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको पनि टेष्ट गरिएको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बाजुरामा चैत्र १२ गतेदेखि हालसम्म बडिमालिका नगरपालिकाको मालिका माबिमा ३५ जना, कालिका आधारभूत बिद्यालयमा ३ जना, त्रिबेणी नगरपालिकाको तोली स्वास्थ्य चौकीमा १८ जना, बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चोकीमा ४ जना त्रिशक्ति माबिमा ८ जना, थुमा माबिमा २ राखिएका छन् । त्यसै गरि खप्तड छेडेदह गाउँपालिकाको मष्टेश्वरी माबिमा ४ जना, स्वामीकार्तिक खापर गाउपालिका केन्द्र सुईजीउलामा ३४ जना र गौमुल गाउँपालिकाको कृर्तिचौर माबिमा ९ जना गरि जम्मा १ सय १७ जना क्वारेन्टाईनमा राखिएको छन् ।
त्यस्तै बुढीनन्दा नगरपालिकाले भारतबाट आएर घरमा बसिरहेकालाई घरमै पुगेर चेकजाँच शुरु गरेको छ । भारतबाट आएर होम क्वारेन्टाइनमा बसेकालाई घरमै पुगेर कोरोनाका लक्षण बारे चेकँजाच शुरु गरेको बुढीनन्दा नगरपालिका सहायक स्वास्थ्य संयोजक ओमजंग शाहीले वताएका छन् ।
चैत्र महिनामा बुढीनन्दा नगरपालिकामा ९६ जना भारतबाट र १ जना दक्षिण कोरियाबाट आएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख पदम गिरीले विदेशबाट आएका सबै होम क्वारेन्टाइनमा रहेका छन्, घरमै स्वास्थ्यकर्मी पठाएर कोरोना भाइरसको लक्षण चेकजाँच शुरु गरेको बताए ।
गाँउमा गएर कोभिड १९ को चेकजाँच सँगै संक्रमण रोकथामका बारेमा परामर्श दिने गरेका छन् । बुढीनन्दा स्वास्थ्य शाखा, स्थानिय स्वास्थ्य संस्था र फेज नेपाल नाम गैरसरकारी संस्थाका स्वास्थ्यकर्मी गाँउगाँउमा पुगेर स्वास्थ्य चेकजाँच गरिरहेको संयोजक शाहीले वताएका छन् । विदेशबाट आएका मात्र नभई अन्यको पनि चेकजाँच गर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । साथै, घरघरमा पुगेर उनीहरुलाई सरसफाइका बारेमा जानकारी दिने गरेका छन् ।
बुढीनन्दा नगरपालिकाले स्वास्थ्य चेकजाँच सँगै गाँउमा खाद्य संकटको अबस्थाबारे पनि जानकारी लिएको छ । बिश्व कोरोनाको संक्रमणमा जुधिरहेका बेला बुढीनन्दा नगरपालिकाले भोकमरीका कारण बाँच्नका लागि राहत प्याकेजका कार्यक्रमहरु ल्याउने तयारी गरेको मेयर पदम कुमार गिरीले बताएका छन् ।
गाउँगाउँमा कति मान्छे छन ? राहत पाउने खालका मान्छेलाई कसरी राहत दिन सकिन्छ ? भन्ने कुरामा सबै वडाअध्यक्षदेखि कर्मचारी सबै लागिपरेको नगरप्रमुख गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्