Logo
Logo

मध्यराती डिआईजीको बढुवा


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, २९ चैत ।
लामो गलफतीपछि गृह मन्त्रालयले शुक्रबार मध्यराती १० एसएसपीलाई डिआईजी बढुवामा सिफारिस गरेको छ । बढुवामा बरिष्ठता र कार्यक्षमता दुवैलाई प्राथमिकता दिइएको छ ।
गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको समितिले बढुवा सिफारिस गरेको हो । बरिष्ठतामा पहिलो नम्बरमा रहेका घनश्याम अर्याल पहिलो नम्बरमै सिफारिस भएका छन् । दोस्रो नम्बरमा प्रकाशजंग कार्की,तेस्रो नम्बरमा बसन्त कुमार पन्त र चौथो नम्बरमा ईश्रबाबु कार्कीको सिफारिस भएको छ । उनीहरु सिनियर टोलीका हुन् ।


त्यस्तै पाँचौ नम्बरमा सहकुल थापा पहिलो नम्बरमा बढुवा भएका छन् । त्यसपछि धिरजप्रताप सिंह, बसन्त लामा, रबिन्द्र धानुक, उत्तमराज सुवेदी र अरुण बिसीको बढुवा सिफारिस भएको छ । ३४ मध्येबाट १० जना व्यवसायिक प्रहरी अधिकृत नै छानेर बढुवा सिफारिस गरिएको चर्चा प्रहरीमा छन् ।

यसअघि एआईजी बढुवामा पनि कार्यक्षमता र बरिष्ठताका आधारमा योग्य अधिकारी बढुवा गरिएको भन्दै प्रशंसा भएको थियो । डिआईजी बढुवामा पनि प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले प्रस्तावअनुसार नै धेरै हदसम्म निर्णय भएको छ ।

सिनियर ब्याचीका बलिया प्रतिस्पर्धी गणेश ऐर छुटेका छन्। यसअघि सर्वेन्द्र खनालले एकल रुपमा उनको बढुवा गर्ने प्रयास गरेका थिए ।
त्यस्तै, सिनियर टोलीका पुरुषोत्तम कंडेल, दिलीपकुमार चौधरी, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहरा रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोरकुमार दाहाल, शेखर कोइराला, प्रदिपकुमार श्रेष्ठ छुटेका छन् ।


जुनियर ब्याचबाट दिवेश लोहनी, रवीन्द्र बहादुर धानुक, सुशिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पुजा सिंह, बिक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र नरबहादुर खत्री छुटेका छन् । प्रहरीको उच्च पदमा रहेकी एक्लो महिला पूजा सिंहमाथि भने अन्याय भएको छ । सिफारिस भएकाहरुलाई सरकारले आगामी साता पदस्थापन गर्दै छ । हाल ६ प्रदेश रिक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्