Logo
Logo

इरानका राष्ट्रपति सवार हेलिकोप्टर जलेको अवस्थामा भेटियो


2.9k
Shares

एजेन्सी । इरानका राष्ट्रपति इब्राहिम रहिसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिन सवार हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । उद्धार तथा खोजी टोलीले राष्ट्रपति रइसी सवार हेलिकप्टर पूर्ण रुपमा जलेको अवस्थामा भेटिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले पनि होलिकोप्टर पूर्ण रूपमा जलेको पाइएको उल्लेख गरेको छ । हेलिकोप्टर भेटिए पनि राष्ट्रपति रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको अवस्था के कस्तो छ भन्नेबारे केही खुलेको छैन ।

राष्ट्रपति रइसी पूर्वी अजरबैजान प्रान्तमा बाँध उद्घाटनपछि तबरेज शहरतर्फ प्रस्थान गर्दै थिए । त्यहाँबाट हेलिकोप्टर बेपत्ता भएको थियो । हाल बाक्लो कुहिरोका कारण उद्धार कार्यमा कठिनाइ भएको स्थानीय सञ्चारमाध्यलाई उदृत गदै बीबीसीले जनाएको छ । राष्ट्रपति रइसी सवारसहित ३ हेलिकोप्टर सँगै भए पनि २ वटा हेलिकोप्टर भने सकुशल अवतरण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्