काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
सोमबार बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गर्नुका साथै संसदको अवरोध जारी राख्ने निर्णय गरेको हो । बैठकपछि प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने र संसदको अवरोध जारी राख्ने निर्णय भएको सञ्चारकर्मीलाई जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । तर, कांग्रेसको सदनमा अवरोध जारी राख्ने निर्णयले बैठक प्रभावित हुने देखिएको छ ।