काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका हो ।
बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरिएको बताएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चौथो पटक विश्वासको मत लिँदैछन् ।