काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठकमा कांग्रेसले अवरोध कायमै राखेपछि बैठक भएको हो ।
सभाुमख देवराज घिमिरेले प्रधानमन्त्रीलाई विश्वासको मत माग गर्ने सम्बन्धि प्रस्ताव पेश गर्न दिन आगह गरेका थिए । तर, कांग्रेसका सांसदहरुले उठेर नाराबाजी गरिरहेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्न नपाई सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।