काठमाडौँ २९ चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता बढाउँदै लगेका छन् । मिर्गाैला प्रत्यारोपणपछि आराम गरिरहेका ओलीले दैनिक छलफल थालेका छन् ।
शनिबार सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स गरेका छन् । कोभिड–१९ विरुद्धको लडाइँमा प्रदेश र स्थानीय सरकारले गरेका कामका बारेमा प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित एक्सन रुमबाटै मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।
उनले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् । प्रदेशहरुको समस्या सुनेर उनले स्रोत साधन बढाउने आश्वासन दिएका छन् ।
प्रधानमन्त्री ओलीले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेका थिए । अन्य विभिन्न देशका सरकारप्रमुखसँग पनि छलफल गरेर नेपालीहरुको बारेमा चासो राखेका छन् । तीन दिनअघि उनले पार्टीको सचिवालय बैठक समेत राखेर सुझाव लिएका थिए । विपदको बेलामा प्रधानमन्त्री मौन बसेको भनेर आलोचना भइरहेको छ । उनका सहयोगीहरुको भने सक्रियता बढीरहेको बताउँछन् ।