Logo
Logo

कोभिड-१९ : विश्वभरी १७ लाख बढी संक्रमित, १ लाख २ हजार बढीको मृत्यु (अपडेट)


जेनेभा/एजेन्सी

0
Shares

अमेरिकाको क्यालिफोर्निया लकडाउनपछि लगाइएको सुचना बार । तस्बिर : एजेन्सी

जेनेभा, २९ चैत (एजेन्सी) । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणबाट विश्वभरी १७ लाख ७ जना सत्रंmमित भएका छन् । यस प्रकोपबाट शनिबार बिहानसम्ममा संंंसारभरि १ लाख २ हजार ७५१ को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ३ लाख ७६ हजार ५२९ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाखभन्दा बढी संक्रमित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु शनिबार मध्याह्नसम्मको यो तथ्यांक सार्वजनिक गरेको हो । कोरोनाभाइरस संक्रमणबाट अत्यन्त प्रभावित १० मुलुक भएको छ ।
अमेरिकामा १८ हजार ७४७ जनाको मृत्यु भएको छ भने ५ लाख २ हजार ८७६ जना संक्रमित छन् । जसमध्ये २७ हजार ३१४ जना उपचारपछि निको भएका छन् । स्पेनमा १६ हजार ८१ जनाको मृत्यु भएको छ भने यहाँ १ लाख ५८ हजार २७३ जना संक्रमित भएका छन् । जसमा ५५ हजार ६६८ उपचारपछि निको भएर घर फर्किएका छन् ।
यस्तै, यो समाचार तयार पार्दासम्म इटालीमा १८ हजार ८४९ को मृत्यु भएको छ भने १ लाख ४७ हजार ५७७ जना संक्रमित छन् । यहाँ ३० हजार ४५५ जना उपचारपछि घर फर्किएका छन् । फ्रान्समा १३ हजार १९७ जनाको मृत्यु र १ लाख २४ हजार ८६९ जना संक्रमित छन् भने २४ हजार ९३२ जना निको भएका छन् । यस्तै, जमर्नीमा कोरोनाबाट २ हजार ७३६ जनाको मृत्यु भइसकेको छ भने १ लाख २२ हजार १७१ जना संक्रमित छन् भने यहाँ ५३ हजार ९१३ उपचारपछि निको भएका छन् ।
यस्तै, चीनमा अहिलेसम्म ३ हजार ३३९ जनाको मृत्यु भएको छ भने यहाँ अहिले पनि ८१ हजार ९५३ जना संक्रमित उपचारत छन् । यहाँ ७७ हजार ५२५ जना निको भएर घर फर्किएका छन् । बेलायतमा ८ हजार ९५८ जनाको मृत्यु, ७३ हजार ७६८ जना संक्रमित भएका छन् भने ३४४ जना निको भएका छन् ।
यस्तै, इरानमा ४ हजार २३२ जनाले ज्यान गुमाएका छन् । ६८ हजार १९२ जना संक्रमित रहेका छन् भने यहाँ ३५ हजार ४६५ जना निको भएका छन् ।
टर्कीमा १ हजार ६ जनाको मृत्यु भएको छ भने ४७ हजार २९ जना संक्रमित छन् । यहाँ २ हजार ४२३ जना उपचारपछि निको भएका छन् । बेल्जियम ३ हजार १९ जनाको मृत्यु भएको छ भने २६ हजार ६६७ जना संक्रमित रहेका छन् । यहाँ अहिलेसम्म ५ हजार ५६८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्