Logo
Logo

संयन्त्रको प्रस्तावले विवादमा फसे प्रचण्ड, ओलीसँग दुरी बढ्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २९ चैत ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रधानमन्त्रीको नेतृत्वमा प्रतिपक्षीसहितको संयन्त्र बनाउने नेकपाका अध्यक्ष प्रचण्डको प्रस्ताव विवादमा परेको छ । जननिर्वाचित सरकार र संयन्त्रहरु भएका बेला संयन्त्र बनाउने प्रस्तावले प्रचण्ड आफैं विवादमा परेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको उल्लेख गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको सर्वदलीय संयन्त्रको प्रस्ताव अस्वीकार गरेका छन्।


उनले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग शनिबार भिडियो कन्फरेन्स गर्दै भने,’सरकारभन्दा बाहिर कुनै संयन्त्र आवश्यक छैन।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार प्रधानमन्त्रीले सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्नेजस्तो नगर्न सबैलाई स्पष्ट पारेका थिए।

प्रचण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा संयन्त्र गठनबारे आफुले प्रधानमन्त्री ओलीसँग सल्लाह गर्ने बताएका थिए। त्यसलाई कांग्रेसका कतिपय नेताहरुले समेत समर्थन गरे । तर, त्यस्तो संयन्त्र गलत भएको भन्दै धेरैले आलोचना गरेका छन् । खासगरी राज्यका सबै संयन्त्र बलियो अवस्थामा रहेका बेला प्रचण्डले त्यस्तो बोलेपछि विवाद भएको हो । यो प्रकरणले नेकपाका दुई अध्यक्षबीचको दुरी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्