Logo
Logo

सरकारविरुद्ध १३ गते प्रदर्शन गर्ने कांग्रेसकाे निर्णय


1.3k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने भएको छ । संसदीय दल र केन्द्रीय कार्यसमितिको बुधबार बसेको संयुक्त बैठकले १३ गते भृकुटीमण्डपमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश र जिल्लाले पनि आफ्नो कार्यक्रम गर्दै जाने बताएका छन् । सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर भएको कांग्रेसको ठहर छ ।

कानुनी राज्यका मर्यादा विपरीत सरकार चलेको र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेर सरकारले मिडियालाई त्रासमा राख्न खोजेको हुनसक्ने कांग्रेसको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्