Logo
Logo

आज यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना


504
Shares

काठमाडौं । हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले अहिले कोसी र मधेस प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने महाशाखाले जनाएको छ ।

यस्तै, कोसी, मधेस प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक दुई स्थानमा चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्