Logo
Logo

रंगमञ्चमा सक्यो क्वारेन्टाइन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० चैत । भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’को १६औँ दिन शनिबार दुई नाटक प्रदर्शन गर्दै समापन हुने भएको छ ।
कोभिड–१९ संक्रमणको सन्त्रासपछि सरकारले लकडाउनको घोषणा गरेलगत्तै १४ चैतदेखि क्वारेन्टाइनमा बस्दा सहज बनाउने अभियानका साथ उत्सव सुरु भएको थियो ।
नाट्य उत्सवका रूपमा दैनिक नाटकको भिडियो प्रदर्शन गरिने कार्यक्रम आजबाट समापन भए पनि भिन्न स्वरुपमा अन्य भर्चुअल कार्यक्रम भने निरन्तर भइरहने उत्सव निर्देशक केदार श्रेष्ठले जनाए ।
‘नाटकको भिडियो लाइभ स्ट्रिमिङमात्रै समापन गरिएको हो । रंगमञ्चसँग सम्बन्धित अन्य धेरै कार्यक्रमहरू तय हु“दैछन् । जसअन्तर्गत आइतबार नाटककै समय ५ बजे रंगमञ्च र भर्चुल माध्यमको विषयमा प्यानल डिस्कसनको योजना बनेको छ’, उनले भने ।
उत्सवको नियमित समय बेलुकी ५ बजे रंगमञ्च, कला, साहित्यका सन्दर्भमा कार्यक्रमहरू जारी राखिने नाट्य उत्सवका प्रस्तुति संयोजक प्रशुन सिन्धुलियले बताए । उनले भने, ‘अरु नया“ र सिर्जनात्मक कार्यक्रम हुनेछ ।’
शनिबार दिउ“सो १ बजे कर्णाली आर्ट सेन्टरको नाटक ‘गर्भछिटा’को भिडियो प्रदर्शन गरिएको छ । हिरा बिजुली नेपालीको लेखन र निर्देशन रहेको नाटकमा कर्णालीकै स्थानीय कलाकारको अभिनय छ । जसमा विष्णुमाया परियारको साथमा राज मल्ल, गोविन्द सुनुवार, गणेशबहादुर खड्कालगायतको अभिनय देख्न पाइनेछ ।
त्यस्तै साँझ ५ बजे आरोहण गुरुकुलको नाटक ‘ताराबाजी लै लै’को भिडियो प्रदर्शन गरिएको छ । तत्कालिन गुरुकुलका अधिकांश कलाकारहरू रहेको नाटकले बाल्यकालिन समयमा पु¥याउ“छ । गुरुकुलका अधिंकाश कलाकारहरू बालबालिकाको भूमिकामा छन् । नाटक नर्वेका रंगकर्मी मोर्टन क्रोगले कार्यशालाका क्रममा सिर्जना गरेका हुन् ।
नाटक ‘ताराबाजी लैलै’मा भोलाराज सापकोटा, सरिता गिरी, कमलमणि नेपाल, राजकुमार पुडासैनी, सौगात मल्ल, रामहरी ढकाल, अरुणा कार्की, प्रमिला कटुवाल, राजन खतिवडा, प्रविण खतिवडा, मणिराम पोखरेल, ओमप्रकाश कर्ण, महेश शाक्य कर्मा, समुना केसी, पशुपति राई, सरस्वती चौधरी, सुरेश चन्द, विपिन कार्की, सजन थापा मगर, रविन्द्रसिंह बानिया“लगायतले अभिनय गरेका छन् । जो सिनेमा र रंगमञ्चमा स्थापित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्