Logo
Logo
कला

‘सबै मरमसला घोलेर बनाएको फिल्म हो पुजार सार्की’


1.8k
Shares

फिल्म क्षेत्रमा अभिनेत्री अञ्जना बराइलीको भविष्य उज्वल देखिन्छ । पछिल्लो समय फिल्म ‘पुजार सार्की’मा देखिन लागेकी उनी यतिखेर चर्चामा छिन् । उनको अभिनयको चौतर्फी तारिफ भइरहेको छ । -याम्प मोडलिङ र म्युजिक हुँदै फिल्मी दुनियाँमा प्रवेश गरेकी अञ्जना ‘पुजार सार्की’बाट आशावादी छिन् । यो फिल्म यही जेठ १० गते आजदेखि प्रदर्शनमा आएको छ । अञ्जना भन्छिन्, ‘पुजार सार्कीले दर्शकको मन जित्ने छ भन्नेमा मलाई पूर्ण विश्वास छ ।’

फिल्म क्षेत्रमा लाग्नुअघि तीन दर्जनभन्दा बढी -याम्प शो तथा दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी अञ्जना यतिखेर ‘पुजार सार्की’को प्रमोशनमा व्यस्त छिन् । ‘महापुरुष’मार्फत फिल्म क्षेत्रमा डेब्यू अभिनेत्री अञ्जना बराइलीसँग रेजिना पाण्डेको जम्काभेट ।

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?
फिल्म ‘पुजार सार्की’को प्रमोशन र अन्य नियमित काममै व्यस्त छु । ‘पुजार सार्की’ यही १० जेठबाट रिलिज हुँदैछ । त्यसैले अहिलेचाहिँ यही फिल्मलाई बढी समय दिँदै आएकी छु ।

फिल्म ‘पुजार सार्की’ चल्छ जस्तो लागेको छ ?
आशावादी छौँ । किनकि, सम्पूर्ण टिमले मिहिनेत गरेका छौँ । मिहिनेत गरेअनुसार फिल्म राम्रो बनेको छ भन्नेमा म विस्वस्त छु । यो फिल्मको टेलर र गीत दर्शकले मन पराउनुभएको छ । मलाई लाग्छ, टेलर हेरेर नै दशर्क सिनेमा हलसम्म पुग्न हुनेछ ।

व्यक्तिगत रुपमा भन्नुपर्दा यो फिल्मबाट कतिको आशावादी हुनुहुन्छ ?
दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेकी छु । जसका कारण आशावादी छु र ढुक्क पनि छु । म मेरो चलचित्र यस्तो छ, उस्तो छ भनेर वर्णनचाहिँ गदिनँ, तर, यति भन्न चाहन्छु– फिल्म पुजार सार्की राम्रो चलचित्र बनेको छ । कथाबस्तु राम्रो छ । हलसम्म पुगेर फिल्म हर्ने दर्शक निराश हुने छैनन् ।

‘पुजार सार्की’ जातियताको कथावस्तुमा आधारित चलचित्र हो ?
हो, तर, यो फिल्ममा जातीको कुरा मात्र छैन । प्रेम, मनोरञ्जन सबै मरमसला घोलेर बनाएको फिल्म हो यो । फिल्म पूरा प्याकेजमा बनेको छ । यो एउटा रोमान्टिक फिल्म हो भन्दा फरक पर्दैन ।

यस्ता धेरै फिल्म बनेका छन् कि गीत र टेलर हेरेकै भरमा हलसम्म पुग्छन् । तर, दर्शक निराश भएर फर्कन्छन् नि ?
त्यो अवस्था नआउला । किनकि, यो फिल्म चल्छ भन्ने कुरामा हाम्रो टिम ढुक्क छौँ । अर्को कुरा, अहिलेको अवस्थामा कस्तो फिल्म हेर्ने/नहेर्ने भन्नेमा दर्शक छुट्याउने सक्ने भइसकेका छन् । अब दर्शक झुक्किने छैन । ‘पुजार सार्की’ हेरेपछि तपाइँ आफैँले नै भन्नुहनेछ– आहा यस्तो पो चलचित्र ।

जेठ १० मै रोमान्टिक फिल्म ‘फर्कि फर्कि’ पनि रिलिज भएकाे छ । जसले ‘पुजार सार्की’लाई असर पर्छ कि ?
सबैले आ–आफनो फिल्ममा मिहिनेत गरेका हुन्छन् । सबैले आफनो फिल्म चलोस् भने्र इच्छा राखेका हुन्छन् । आफुले गरेको कामलाई हेरेर प्रशंसा गरोस भनिरहेका हुन्छौँ । तर, दशर्कको च्वाइसलाई नकार्न सकिँदैन । त्यो फिल्म रिलिज भएपछि थाहा हुने कुरा हो ।

तपाइँ ¥याम स्थापित मोडल हुनुहुुन्छ । फिल्म क्षेत्रमा चाहिँ कसरी आउनुभयो ?
–हो, मेरो यो यात्रा -याम मोडलिङबाट नै शुरु भएको हो । मलाई अहिले पनि -याम मोडलिङ नै गर्न मनपर्छ । तर, काम गर्दै जाँदा म्युजिक भिडियोमा अवसर पाएँ, भिडियो हुँदै फिल्ममा काम गर्न थालेँ । फिल्म र भिडियोमा पनि दर्शक तथा श्रोताले रुचाइदिनु भएको छ । त्यसैमा खुसी छु ।

फिल्म ‘पुजार सार्की’मा काग गर्दाको अनुभव कस्तो रह्यो ?
पुजार सार्कीमा काम गर्ने अवसर पाउँदा खुसी लागेको छ । सुटिङ अवधिका रमाइलो पनि भयो । नायक प्रदिप खडका, पल शाह र आर्यन सिग्देल जस्ता कलाकारहरुले यस फिल्म काम गर्नुभएको छ । उहाँहरुसगँ काम गर्दा निक्कै रमाइलो र धेरै सिक्ने अवसर पाएँ ।

मोडलिङ क्षेत्रमा चाहिँ सुरुमा कसरी लाग्नु भयो ?
रहर र इच्छाले मोडलिङमा लागेकी हुँ । एक समय -याम मोडलिङमा एक प्रकारको बेग्लै चाम थियो, त्यो देखेर मोडलिङ सुरु गरेकी हुँ ।

तपाइँले रोजेको पेशामा प्रिवारको सपोर्ट छ कि छैन ?
सुरु सुरुमा त बाबाको धेरै गाली खाएँ । मोडलिङमा लागेको मेरो घरपरिवारलाई मन परेको थिएन । मेरो बाबा बिजनेश म्यान हुनुहुन्छ । छोरीले पनि राम्रो बिजनेश गरोस् भन्ने चाहानुहुन्थ्यो । अहिलेचाहिँ राम्रो गर्नु भनेर हौसला र सुझाव दिनुहुन्छ । बाबालाई अहिले पनि छोरीले नराम्रो काम गर्छे कि भन्ने डराइरहनु हुन्छ ।

नयाँ प्रोजेक्टहरु के गर्दै हुनुहुन्छ ?
धेरै छन् । अहिले पनि -याम मोडलिङ र म्युजिक भिडियोहरु गरिरहेकी छु । फिल्म पनि गर्दैछु । यी सबै काम समय मिलाएर गर्दै आएकी छु ।

लभ अफर कतिको आउँछ ?
अहिलेसम्म त्यतातिर ध्यान दिएकी छैन । काम र पढाईलाई नै फोकश गरिरहेको छु ।

राजनीतितिर चासो छ कि छैन ?
केही चासो त लाग्छ । तर राजनीति नै गर्ने मन छैन । पछिल्लो समय राजनीतिमा युवाहरु प्रवेश गरिरहेका छन् । यो राम्रो कुरा हो । युवाको प्रवेशले अब त केही नयाँ परिवर्तन होला कि भन्ने आशा हुन थालेको छ ।

अहिलेको तपाइँको राजनीति आइडिय व्यक्तित्व को र किन ?
अहिलेको शिक्षामन्त्री सुमना श्रेष्ठ मलाई मनपर्छ । उहाँ ट्यालेन्ट र गतिशील व्यक्तित्व हुनुहुन्छ । उहाँले शिक्षा सम्बन्धी जुन नयाँ योजना बनाउनुभएको छ । उहाँको ती योजना र एजेण्डा पूरा भएमा शिक्षा क्षेत्रमा केही परिवर्तन हुनेछ भन्ने मलाइ लाग्छ ।

प्रतिक्रिया दिनुहोस्