काठमाडौं, ३० चैत ।
वीरगंजमा तीन जनालाई कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले बिज्ञप्ती निकालेर पुष्टि गरेको हो ।
बिज्ञप्तीमा भनिएको छ,‘ पर्साको बिरगंज महानगरपालिका, वडा न. ६, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड(१९ को शंका लागि नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखि निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो ्र उक्त परिक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मिति २०७६ चैत्र २९, शनिबार पुन परिक्षण गरिएकोमा तहाँबाट समेत पोजिटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी contact tracing गर्ने कार्यहरू भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’
उनीहरुको ट्राभल हिस्ट्री पत्ता लागेको छैन । सप्तरीको मुस्लिम भेलामा सहभागी हुन उनीहरु आएको आशंका गरिएको छ । जसकारण उनीहरुलाई धेरैले सारेको हुनसक्ने भएकाले सिंगो प्रदेशमा त्रास फैलिएको छ । वीरगञ्ज र आसपासका क्षेत्रमा लकडाउनलाई थप कडाई गर्न लागिएको छ ।
हालसम्म नेपामा संक्रमितको संख्या १२ पुगेको छ ।