Logo
Logo

बजेटको तयारीबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको छलफल


441
Shares

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको भेटमा संसदको गतिरोध र सरकारले ल्याउन लागेको बजेटको तयारी लगायतका विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

सो क्रममा राष्ट्रपति पौडेलले संसदको गतिरोधबारे चासो र चिन्ता व्यक्त गरेका थिए । राष्ट्रपति पौडेलले गतिरोध अन्त्यका लागि सहमतिको अधिकतम पहल गर्न सुझावसमेत दिएको बताइएको छ । सोक्रममा प्रधानमन्त्री प्रचण्डले संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्