Logo
Logo

सशस्त्र प्रहरीका १३ एसपीको एसएसपीमा बढुवा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० चैत ।
सशस्त्र प्रहरी बलका १३ जना प्रहरी उपरीक्षक(एसपी)को बरिष्ठ उपरीक्षक(एसएसपी)मा बढुवा सिफारिस भएको छ । महानिरीक्षक शैलेन्द्र खनाल नेतृत्वको बढुवा सिफारिस समितिको आइतबारको बैठकले उनीहरुको नाम अघि बढाएको हो ।


पप्हिलो नम्बरमा विदुर खड्का, दोस्रोमा भेष बहादुर शाह र तेस्रो नम्बरमा लक्ष्मण बहादुर सिंहको बढुवा सिफारिस भएको छ। त्यस्तै लक्ष्मण बहादुर सिंह, शान्ती कुमार कार्की, कृष्ण राज पाठक, जय बहादुर खड्का, नेत्र बहादुर खत्री, प्रकाश श्रेष्ठ, बेनु प्रसाद पाठक, श्याम कोइराला, सुदेश कुमार गुरुङ र रमेश कुमार सुवेदीको नाम सिफारिस भएको छ ।
एसएसपीपछि सशस्त्र प्रहरीमा एसपीमा बढुवाको तयारी सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्