Logo
Logo

जगन्नाथ गाउँपालिकाले ८० बिपन्न परिवारलाई दियो खाद्यन्न


नन्दा थापा

0
Shares

  • नन्दा थापा

बाजुरा, ३० चैत । जिल्लाको जगन्नाथ गाउँपालिकाले बिपन्न परिवारलाई खाद्यन्न सहयोग गरेको छ ।
गाउँपालिकाका प्रत्येक वडाहरुबाट बिपन्न परिवारको तथ्यांक संकलन गरेर खाद्यन्न बितरण गरिएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले जानकारी दिए । चैत २३ गते गाउँकार्यपालिकाको आकस्मिक बैठक बसी दैनिक ज्यालादारी काम गरी जिबीकोपार्जन गर्ने र वडाका बिपन्न परिवारको तथ्यांक संकलन गरेर प्रत्येक परिवारलाई २ हजारका दरले खाद्यन्न सहयोग गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुरुप वडा नम्वर १ का १४ परिवार, वडा नम्वर २ का १३ परिवार, वडा नम्बर ३ का १० परिवार, वडा नम्बर ४ का १४ परिवार, वडा नम्बर ५ का १३ परिवार र वडा नम्वर ६ का १६ परिवार गरी जम्मा ८० बिपन्न परिवारलाई चामल दाल नुन तेल सहयोग गरेको जोशीले बताए । लामो लकडाउनका कारण दैनीक चुलो बाल्न गाह्रो भएका परिवार सम्बन्धित वडाका वडा अध्यक्ष अन्य जनप्रतिनिधि कर्मचारी लगायतले बिपन्न परिवारको तथ्यांक संकलन गरिएको उनले बताए ।


गाउँपालिकाले ५० जना भारतबाट आएको तथ्यांक संकलन गरेको छ । भारतबाट आएकाहरु होम क्वारेन्टाईनमा रहेका र तिनीहरुको सम्बन्धित वडाका जनप्रतिनिधि स्वास्थ्यकर्मीहरुले निगरानी गरिरहेको बताए । गाउँगाउँमा कोरोनाको चेकजाचमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि गाउँपालिकाले ६० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको गाउपालिकाका अध्यक्ष कालिबहादुर शाहीले जानकारी दिए ।
कोरोनाको त्रास तथा चेकजाँच उपकरण बिना जोखिम मोलेर उपचारमा तल्लीन स्वास्थ्यकर्मीको हौसला स्वरुप प्रोत्साहन भक्ताको ब्यवस्था गरेको शाहीले बताए । गाउँपालिकाको प्रत्येक वडामा २ जना र गाउँपालिकाको सिमानामा र पुलमा चार जना गरि १६ जना स्वयम सेवक राखिएको । बिश्वमा औषधि पत्ता नलागेको अबस्थामा कोरोनाको न्युनिकरण गर्ने मुख्य उपाय लकडाउन भएकोले यस्तो कठोर निर्णय गरेको शाहीले बताए । गाउँपालिकाकामा ३४ बेडको क्वारेन्टाइन बनाएको छ । कोरोना रोकथाम तथा न्यूनिकरणको लागि २० लाखको राहात कोष स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्