लण्डन, ३० चैत, (एजेन्सी) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन उपचारपछि अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार फिर्ता भएको प्रधानमन्त्रीको कार्यालय (डाउनिङ स्ट्रिट)का प्रवक्ताले बताएका छन् ।
करिब दुई सात पहिले कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि जोनसनले सरकारी निवासमा नै एकान्तमा बसेर उपचार गराउनु भएको थियो । तर उनका चिकित्सकहरूको सल्लाहमा करिब एक साता पहिले उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनलाई तीन दिनसम्म सघन उपचार कक्षमा राखिएको थियो ।
प्रधानमन्त्री जोनसन अस्पतालबाट लण्डनबाहिर रहेको प्रधानमन्त्रीको सरकारी निवास ‘चेकर्स’ मा फर्किएको छ जहाँ उनले बाँकी केही दिन आराम गरी पूर्ण निको हुनुहुनेछ ।’ ‘उहाँको उपचारमा सम्लग्न चिकित्सकको सल्लाहबमोजिम प्रधानमन्त्री जोनसन तत्काल (केही दिन) काममा फर्किनुहुने छैन’ उनले भनेका छन् ।