Logo
Logo

हिमालय एयरलाइन्सद्वारा कोरोना कोषलाई एक करोड सहयोग


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३० चैत । हिमालय एयरलाइन्सले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस नियन्त्रण तथा उपचार राहत कोष’लाई एक करोड रुपैयाँ सहयोग गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९’ प्रकोप विरुद्धको लडाइँमा सरकारसँग एकता गर्ने उद्देश्यसहित एयरलाइन्सले एक करोड रुपैयाँ प्रधानमन्त्रीको कार्यालयअन्तर्गत स्थापित राहत कोषलाई सहयोग गरेको हो ।
एयरलायन्सले आइतबार एक करोड रूपैयाँको चेक पर्यटन, संस्कृति र नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई हस्तान्तरण गरे । उक्त चेक एयरलायन्सका प्रबन्ध निर्देशक विजय श्रेष्ठलगायतले हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरणपछि प्रबन्ध निर्देशक श्रेष्ठले भने, ‘हिमालय एयरलाइन्स र यसको परिवार यस डरलाग्दो समयमा नेपाल र सरकारको दृढ अडानमा उभिएका छन् । यो समय आइसकेको छ कि हामी सबै राष्ट्रिय स्वास्थ्य आपतकालिनमा एकजुट हुनुपर्दछ र यस लडाईलाई सफलतापूर्वक अन्त्य गर्नका लागि योगदान गर्न हामी तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस्