Logo
Logo

टीओआरको विषयमा जुटेन सहमति, आइतबार पनि छलफल हुने


693
Shares

काठमाडौं । सहकारी छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्ग्याउने जिम्मा घुमिफिरी शीर्ष नेताकोमा पुगेको छ ।कार्यदल सदस्यसहित बालुवाटारमा शनिबार बेलुका भएको छलफलमा आइतबार बिहान शीर्ष नेताले छलफल गरेर टुङ्ग्याउने नेपाली कांग्रेसका नेता तथा कार्यदल सदस्य जीवन परियारले बताए ।

उनका अनुसार शीर्ष नेतासहितको बालुवाटार बैठक औपचारिक एजेन्डामा प्रवेश नगरे पनि आइतबार बिहान नौ बजे तीन दलका शीर्ष नेताले छलफल गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बसेर समितिको कार्यादेशलाई अन्तिम रूप दिने परियारले जानकारी दिए ।

बालुवाटार बैठकअघि सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । छानबिन समितिको टीओआरबारे कार्यदल सहमति नजिक पुगेको कार्यदलका सदस्यहरुको भनाई थियो । कार्यदलमा भएको छलफलबारे शीर्ष नेताहरुलाई जानकारी गराइएको संयोजक तथा कानुन मन्त्री पदम गिरीले जानकारी दिए ।

सिंहदरबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गिरीले आजको बैठक छानबिन समितिको कार्याविधि तय गर्ने विषयमा निकै महत्त्वपूर्ण भएको जिकिर गरे । अब शीर्ष नेताहरुले नै यसलाई अन्तिम निष्कर्षमा पुर्याउने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्