काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा , स्थानीय तहहरूको अधिवेशन, सङ्गठन सुदृढीकरण सङ्गै सक्रिय सदस्यता वितरण अभियानबारे छलफल हुनेछ ।
बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेस हुने कार्यपत्र र प्रतिवेदनहरू समेत पास गर्ने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्री द्वय भास्कर भद्रा र राजाराम बर्तौलाले क्रमशः सचिवालय र सङ्गठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ ।