Logo
Logo

२२ हजार बढी स्वास्थ्यकर्मी संक्रमित : डब्लुएचओ


- दृष्टि न्युज/संवाददाता

0
Shares

जेनेभा, १ बैशाख (एजेन्सी) । विश्व अहिले कोरोना भाइरसबाट प्रभावित छ । चीनको उहानबाट फैलिएको यो भाइरसले कसैलाई पनि छाडेको छ । अहिलेसम्म दुई सय ८ भन्दा देश यो संक्रमणबाट प्रभावित बनेको छ ।
यस्तै, कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणका कारण बढी प्रभावित विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी संक्रमित भएका विश्व स्वास्थ्य संगठनले आइतबार जानकारी गराएको छ ।
डब्लुएचओको दैनिक रिपोर्टअनुसार कोभिड–१९ का कारण २२ हजार ७३ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । गत बुधबारसम्मको प्रतिवेदनबारे जानकारी दि“दै अधिकारीले भनेका छन्, ‘संक्रमित स्वास्थ्यकर्मीको तथ्यांकलाई व्यवस्थित गर्न नसकिएको तर डब्लुएचओले प्राप्त गरेको तथ्यांकमा २२ हजार ७३ जना स्वास्थ्यकर्मी संक्रमित भएको पाइएको छ ।’
प्रारम्भिक तथ्याङकले अधिकांश स्वास्थ्यकर्मीलाई कोरोनाभाइरस संक्रमण विरामीलाई उपचार सेवा दिने क्रममा भएको देखाएको छ । तर, कतिपय स्वास्थ्यकर्मी आफ्नै समुदायमा फैलिएको संक्रमणका कारण विरामी परेका जाइएकाको छ । उनीहरूमा देखिएको संक्रमण प्राय संक्रमित भनेर उपचारका लागि लगिएका विरामीसँगबाट भन्दा पनि विरामीका आफन्तजनबाट सरेको पाइएको छ ।
संक्रमित विरामीस“ग चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले अपनाउनु पर्ने सावधानीका बावजुद् पनि उनीहरू संक्रमित भएका तथ्यहरू भेटिएको डब्लुएचओले जनाएको छ ।
अग्रपंक्तिमा रहेर संक्रमितको उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा सरसफाईमा सम्लग्न रहने स्वास्थ्य संस्थाका कामदारले मास्क, चस्मा, पञ्जा तथा गाउनजस्ता व्यक्तिगत सुरक्षा सामग्रीको सही प्रयोग गरी संक्रमणबाट आफु र अरूलाई बचाउन प्रर्याप्त सावधानी अपनाउनुपर्नेमा पनि विश्व स्वास्थ्य संगठनले जोड दिएको छ । स्वास्थ्यकर्मीबाट पनि संक्रमण फैलिएका बताउ“दै संगठनले सही पद्धतिमार्फत् काम गर्न उनीहरूलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्