काठमाडौं, १ बैशाख ।
नेपालमा कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढेको छ । आइतबार तीन जना नयाँ बिरामी भेटिएकोमा सोमबार थप दुई जनामा संक्रमण पाइएको छ ।
कैलाली र बाग्लुङमा नयाँ बिरामी भेटिएका हुन् । वीरगञ्जबाट केही दिन अघि कैलाली पुगेकी महिलामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै लकडाउन हुनुअघि भारतबाट फर्किएकी बाग्लुङकी महिलामा पनि संक्रमण भेटिएको छ । आइतबार वीरगञ्जका तीन जनामा संक्रमण भेटिएको थियो । उनीहरुले मस्जिदमा बसेकाले अरुलाई पनि सारेको आशंका गरिएको छ ।
नेपालमा बल्लसंक्रमण विस्तार हुँदै गरेको पछिल्लो घटनाले देखाएको छ। जसबाट यसको जोखिम अझै बढेको संकेत गरेको छ । जसकारण सरकारले कम्तीमा दुई हप्ता लकडाउन थप्ने तयारी गरेको छ ।