Logo
Logo

बजेट पढ्ने बेलासम्म सहमति हुन्छ : प्रधानमन्त्री


819
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनको गतिरोध अन्त्यको प्रयास भइरहेको बताउँदै बजेट वक्तव्यसम्म पुग्दा समझदारी जुट्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सदनको गतिरोध हट्ने विश्वास व्यक्त गरेका हुन् ।

प्रधानमन्त्रीले भने, ‘हामीले यो स्थितिको अन्त्य गर्नैपर्छ । सभामुखज्यू, मैले केही दिनदेखि लगातार राजनीतिक दलहरूसँग, प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरिराखेको छु । यो गतिरोधको अन्त्य गर्नका निम्ति प्रयास भइराखेको छ । र, हामी सहमति र सहकार्यको धेरै नजिक पुगेको महसुस गरेका छौं ।’

उनले आइतबार बिहान पनि प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठमै पुगेर सहमतिको प्रयास गरेको गरेका जानकारी दिँदै भने, ‘मलाई आज र भोलि, बजेट वक्तव्य पढ्ने बेलासम्म, सहमति र समझदारी बन्ने छ भन्ने विश्वास गरेको छु ।’

उनले अघिल्लो साल सरकारको नीति कार्यक्रमबारे उठेका प्रश्नहरूको उत्तर दिने क्रममा आगामी नीति कार्यक्रम र बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा पर्याप्त समय लिएर छलफल गर्ने र परिमार्जनको एउटा नयाँ प्रक्रिया सुरू गर्ने प्रतिबद्धता व्यक्त गरेको स्मरण पनि गरे ।

प्रतिक्रिया दिनुहोस्