Logo
Logo

मोहनचन्द्रको सन्देश : श्रमिक वर्गलाई हेर सरकार


- दृष्टि न्युज/संवाददाता

0
Shares

मोहनचन्द्र अधिकारी

काठमाडौं, १ बैशाख । नेपालको कम्युनिष्ट आन्दोलनका शिखर पुरुष एवं नेल्शन मण्डेला भनेर चर्चित मोहनचन्द्र अधिकारीले दृष्टि अनलाइनमार्फत नयाँ वर्ष २०७७ को उपलक्ष्यमा सम्पूर्ण नेपाली जनतामा सुख, समृद्धि र सु–स्वास्थ्यको कामना गरेका छन् ।
अधिकारीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘विश्वभर फैलिएको कोरोना भाइरसले नेपालमा पनि चिन्ता बढाएको छ । फाट्टफुट्ट रुपमा देखिएको यो भाइरसप्रति हामी आफैँ सजग भएनौँ भने त्यसले आफ्नो र आफ्नो परिवारको ज्यान जोखिममा पार्न सक्छ । त्यसैले यो लकडाउनको अवधिभरी हामी आ–आफ्नो घरमा सुरक्षित रहन सबैमा आग्रह गदर्छु ।’
नयाँ वर्षको शुभकामना सन्देशमा अधिकारीले यो विपत्तको बेला सबै राजनीतिक दल एक ठाउँमा उभिएर यो रोगको सामना गर्नुपर्ने कुरामा जोड दिँदै सरकारले भनेजस्तो राहत वितरण नगरेकोमा असन्तुष्टि पोखेका छन् । अधिकारीले भनेका छन्, ‘यस्तो संकटको बेला पनि दुई तिहाईको कम्युनिष्ट सरकार भएको अनुभूति श्रमवीवि, किसान, मजदूर र दैनिक ज्यालादारी गरेर खाने विपन्न वर्गले गर्न सकेनन् । ति विपन्न वर्ग अहिले पनि सरकारी राहतबाट बञ्चित छन् । सरकारको ध्यान यसतर्फ केन्द्रित हुनुपर्छ ।’
‘भारतसँग खुला सीमा भएका कारण नेपालमा कोरोनाको भय बढेको छ । खुला सीमामा आवत–जावत गर्नेहरुलाई नियमन गर्न ढिलाइ गर्नु हुन्न । हामीले पहिलेदेखि नै यो कुरा उठाउँदै आएका हौँ । तर्सथ, सीमामा ‘क्वारेन्टाइन’मा बसेका नेपाली नागरिकलाई आफ्नो देशमा ल्याएर सीमानाका बन्द गरिनुपर्छ’ अधिकारीले आफ्नो मन्तव्यमा भनेका छन् । अन्त्यमा अधिकारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्