Logo
Logo

उत्तरी गोरखा जोड्ने एकमात्र सडकमा सुक्खा पहिरो खसेपछि अवरुद्ध


504
Shares

गोरखा । उत्तरी गोरखा जोड्ने एकमात्र बेनिघाट–आरुघाट–आरखेत–लार्के सडकखण्ड सुक्खा पहिरोले अवरुद्ध भएको छ । आइतबार दिउँसो धार्चे गाउँपालिका–३, उहियाँस्थित यारुनजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

उनले पहिरो खसेपछि उत्तरी गोरखा जाने एकमात्र सडकखण्ड पूर्णरुपमा बन्द भएको बताए । ‘पहाडको माथिबाट ठूलो ढुंगा चोइटिएर बूढीगण्डकी नदी किनारसम्म पुगेको छ । पहिरो तत्काल हटाउन सकिने अवस्था छैन’ उनले भने ।

उनले पहिरो पहिरो पन्छाउन दुई तीन दिनभन्दा बढी समय लाग्नसक्ने बताए । ‘चट्टानसहितको ठूलो पहिरो खसेकाले सडक सञ्चालन गर्न कठिनाइ हुने अनुमान गरिएको छ ।’ पहिरो खसेको क्षेत्रमा कुनै बस्ती नभएकाले मानवीय क्षति हुन नपाएको उनको भनाइ छ ।

पहिरो खसेको भन्ने जानकारी आए पनि क्षतिको यकिन विवरण नआएको जिल्ला प्रहरी प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, ‘प्रहरीको टोली घटनास्थलतर्फ पठाइसकेका छौँ, थप विवरण भने प्राप्त हुन बाँकी नै छ ।’

प्रतिक्रिया दिनुहोस्