Logo
Logo

चितवन दुर्घटना अपडेट : घाइते पाँच जनाको अवस्था गम्भीर (सूचीसहित)


4k
Shares

काठमाडौं । चितवनको मुग्लिन सडक खण्डको १७ किलोमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

गएराति काठमाडौँबाट प्युठानतर्फ जाँदै गरेको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको डिब्बा ट्रक, काठमाडौँबाट बर्दिबास जाँदै गरेको बस र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बस आपसमा ठोक्किँदा १७ वर्षीय किशोरको मृत्यु भएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले र बताए । उनका अनुसार घाइतेहरूमध्ये ५ जनाको अवस्था गम्भीर छ । १३ जनाको मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरु अधिकांश प्युठान र अर्घाखाँचीका छन् ।

घाइते हुनेहरूको सूची :
१. सुधन केसी, २८ वर्ष (प्युठान नौबैनी गाउँपालिका–७)

२. निरज केसी, ३६ वर्ष (प्युठान नगरपालिका–१०)

३. निर्मला भुषाल, ३६ वर्ष (प्युठान मालारानी गाउँपालिका–२)

४.सुरज सुनार, २५ वर्ष (प्युठान गौमुखी गाउँपालिका–७)

५. पवित्रा दर्लामी, २९ वर्ष (अर्घाखाँची सितागंगा नगरपालिका–८)

६. पुरन गिरी, २८ वर्ष (प्युठान झिम्रुम नगरपालिका–७)

७. समिर के एम, २० वर्ष (प्युठान नगरपालिका–८)

८. तारापति बुढाथोकी, ३६ वर्ष (सारुमहारानी गाउँपालिका–४)

९. मुनादेवी बुढाथोकी, ३५ वर्षीया (सारुमहारानी गाउँपालिका–४)

१०. मनदेवी थापा, ५६ वर्ष (प्युठान ऐरावती गाउँपालिका–६)

११. पदम थापा, ६० वर्ष (प्युठान)

१२. सुशील केसी, २१ वर्ष (प्युठान नगरपालिका–१०)

१३. प्रतिभा भण्डारी, १७ वर्ष (प्युठान नगरपालिका–४)

१४. सलिसा थापा, १८ वर्षीया (प्युठान नगरपालिका–८)

१५. प्रकाश केसी, ३८ वर्ष (प्युठान नगरपालिका–१)

१६. पार्वता केसी, ५३ वर्ष (प्युठान नगरपालिका–८)

१७. गौरव झाक्री, ३२ वर्ष (नौबहिनी गाउँपालिका–३)

१८. दिपक सुनार, २९ वर्ष (प्युठान गौमुखि गाउँपालिका–३)

१९. लाम बहादुर दर्लामी, ४९ वर्ष (अर्घाखाँची सितगंगा नगरपालिका–८)

२०. सन्तोष केसी, २५ वर्ष (प्युठान गनरपालिका–८)

२१. राजन सुवेदी, २१ वर्ष सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका (ट्रक चालक)

२२. सुवास कार्की, २६ वर्ष सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ (ट्रक चालक)

ल्यदभ िःभमष्अब िअयििभनभ

प्रतिक्रिया दिनुहोस्