Logo
Logo

आधारभूत तहमा पुरुष भन्दा महिला शिक्षक बढी


630
Shares

काठमाडौँ । नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औँल्याएको हो । शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा ९१, ५० मा महिला शिक्षकको संख्या ५४.१ प्रतिशत पुगेको छ ।

शैक्षिक सत्र ०७९ मा यो संख्या ४७.२ प्रतिशत थियो । एक वर्षको अवधिमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ । यद्यपि माध्यामिक तह कक्षा (९.१२) मा भने महिला शिक्षकको संख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्