Logo
Logo

रोटरी गर्भनर श्रेष्ठको शुभकामना


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ बैशाख । रोटरी डिष्टिक गर्भनर ३२९२ ले नयाँ वर्षको अवसरमा सम्पूर्ण रोटरीयन तथा नेपाली दाजुभाई एवं दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको कामना गरेको छ । डिष्टिक गर्भनर किरणलाल श्रेष्ठले सोमबार शुभकामना सन्देश जारी गर्दै रोटरीयन एवं आम नेपालीमा शुभकामना व्यक्त गरेका हुन् ।
साथै, डिष्टिक गर्भनर ३२९२ ले विश्व महामारीको रुप फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणले देश संकटमा परिरहेका बेला दैनिकी गुजारा गर्नुपर्ने समुदाय एवं स्वास्थ्य सेवकहरुको सहयोगमा रोटरी समर्पित भएको समेत जनाएको छ । सन्देशमा भनिएको छ, ‘नयाँ बर्षको पूर्वसन्ध्यामा हामी कोरोणा भाइरस सक्रमणसँग जुघ्नु परिरहेको छ । हाम्रो नियमित यात्रामा कोरोणा भाइरस अवरोध छ, त्यसैले हामीले नियमित कार्यक्रमलाई स्थगन गरेर सम्पूर्ण रोटरीहरु कोरोना भाइरस प्रकोपबाट देश र जनतालाई जोगाउने अभियानमा समर्पित भएका छौँ ।’
देश र जनता बिपतमा पर्दा जस्तोसुकै मूल्य चुकाएर भएर पनि निःस्वार्थ सेवामा खट्ने बिश्वास रोटरीले गरेको छ । सन्देशमा भनिएको छ, ‘कोरोनाको कारण सिंगो देश लकडाउन छ । बिभिन्न पेशा ब्यबसायमा आबद्ध हामी रोटरीयनहरु पनि यो संकटको पीडामा छौँ । तर, आ–आफ्नो पीडालाई बिर्सेर रोटरीयन साथीहरु देश र जनताको सेवामा दिनरात खटिएको सुन्दा मलाई गौरब लागेको छ ।’
साथै, देशैभरिका १२४ क्लब अहिले कोरोनापीडित, बिपन्न बर्ग, बृद्ध तथा बालबालिकाको सेवामा जुटिरहेको जनाउँदै देशभरिका रोटरीयनहरुले गरेको उक्त सहयोगको डिष्टिक ३२९२ ले प्रसंशा गरेको छ ।
‘कोरोणा भाइरसले मानव जातिको जीवन र अस्तित्वमै चुनौति खडा गरेको बेला यो महाबिपत्तिबाट आफू र आफ्नो परिवार एवं सिंगो समाजको जीवन रक्षा गर्नु हाम्रो पहिलो कर्तब्य हो । यो कर्तव्य पालना गर्न हामी चुक्नु हुँदैन । रोटरीजस्तो संस्थाको आवश्यकता देश र जनताको लागि यस्तै बिपत्तिमा पर्ने हुँदा यस घडी हाम्रो लागि चुनौति र अवसर पनि हो’ सन्देशमा भनिएका छ ।
शुभकामना सन्देशमार्फत नै नेपाल सरकारद्वारा स्थापित राष्ट्रिय कोरोना उपचार कोषमा डिष्टिक ३२९२ ले एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । साथै, कोरोना भाइरसबाट जोगिन सामाजिक दुरी कायम राख्नुपर्नेमा जोड दिँदै सबैलाई सुरक्षित रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्