Logo
Logo

कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्ने अनुमति


378
Shares

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा जिल्ला अदालत धनुषबाट प्रहरीले अनुमति पाएको छ ।

नागरिकता कीर्ते प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका उनी थप ३ दिन हिरासतमा रहेने भएका हुन् । दुई पटक ३/३ दिन गरी ६ दिन हिरासतमा बसिसकेका उनलाई प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति मागपनि इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सोमबार उनलाई काव्य अस्पतालबाट एम्बुलेन्समा राखेर जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला अदालत लगिएको थियो । नागरिकता दुरुपयोगसम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया ८ जेठमा पक्राउ परेका थिए । उनी स्वास्थ्यमा समस्या आएको भन्दै गत शुक्रबार अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्