काठमाडौं, २ बैशाख ।
लकडाउन १२ दिन थप्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख १५ गतेसम्म थप्ने निर्णय गरेको हो ।
केही दिनयता नेपालमा नयाँ संक्रमण देखिएपछि सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । पछिल्लो तीन दिनमा सात जनामा संक्रमण देखिएको छ । भारतमा २१ बैशाखसम्म लकडाउन लम्बाउने निर्णय भएकाले १५ गतेबाट पनि थपिने सम्भावना छ । त्यस्तै सरकारले बैशाख १८ गतेसम्म सीमा बन्द राख्ने निर्णय पनि गरेको छ ।
पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा रहेका दुई जनामा संक्रमण भएको मंगलबार पुष्टि भएपछि उपत्यकाका लकडाउनमा थप कडाई गर्न लागिएको छ ।