काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको टेक्सासस्थित ड्यालसमा सुरु भएको पहिलो खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको हो ।
क्यानडाका लागि नवनीत धलिवालले सर्वाधिक ६१ रन बनाए । निकोलश किर्टनले ५१ रन बनाउँदा श्रेयस मोवाले ३२ रन बनाए । आरोन जोनसनले २३ रन, दिलप्रीत बज्वाले ११, पर्गत सिंहले पाँच रन तथा डाइलन हेलिगरले एक रन बनाए ।
अमेरिकाका लागि अलि खान, हरमीत सिंह र कोरे आन्डर्सनले समान एक–एक विकेट लिए । प्रतियोगितामा नेपालसहित कुल २० टोलीको सहभागिता छ ।