काठमाडौं, २ बैशाख
कोरोना भाइरस (कोभिड– १९) को र्यापिड टेस्टमा काभ्रेका दुईजना तथा धादिङमा एक जनाको को रिपोर्ट पोजेटिभ आएको छ । मंगलबारको सो रिपोर्टपछि थप कडाई सुरु भएको छ । यद्यपी पिसिआर प्रविधिबाट परीक्षण गरेपछि उनीहरूमा कोरोना संक्रमण भए–नभएको पुष्टि हुनेछ ।
काभ्रेको बेथानचोक गाउँपालिकाका २८ वर्षीय र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय व्यक्तिर्को र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ आएको हो । बेथानचोकका व्यक्ति भारतबाट गत ९ चैतमा घर फर्किएका थिए भने मण्डनपुरका व्यक्ति ७ चैतमा दुबईबाट आएका थिए । मण्डनदेउपुरका व्यक्ति २२ दिन क्वारेन्टाइनमा बसेर घर गएका थिए । बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद तिमल्सिनार्ले यापिड टेस्टमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको बताए ।
मण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवाले एक जनार्मा र्यापिड टेष्टमा कोरोनाको शंका लागेपछि धुलिखेल अस्पताल पठाइएको बताए । थप रिपोर्ट आएपछि कोरोना भएरनभएको एकिन हुने उनको भनाइ छ ।
र्
र्यापिड टेस्टमा पोजेटिभ देखिएपछि दुवैजनालाई धुलिखेल अस्पताल ल्याइएको छ भने उनीहरूको धुलिखेल अस्पतालमै स्वाब परीक्षण गरिने भएको छ । उनीहरूको परिवारलाई भने तत्काल क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ । काभ्रेमा कोरोना रोकथामका लागि विदेशबाट घर फर्किएकाहरूर्को र्यापिड टेस्ट तीव्र रूपमा भइरहेको छ ।
धदिङको ज्वालामुखी गाउँपालिका– ३ का युवकमा पनि संक्रमण भेटिएको छ । उनी ४२ दिनअघि कोरियाबाट आएका थिए । उनको पनि पिसिआर टेष्ट हुन बाँकी छ ।
विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा पोजिटिभ देखिएको ज्वालामुखीका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइने छ । ‘नेपाल फर्किएपछि उनीसँग सम्पर्कमा आएका परिवार लगायत स्थानीय व्यक्रिहरुबारे खोजि गर्दैछौं,’ उनले भने, ‘थप रिपोर्ट आएपछि उनीको परिवार र सम्पर्कमा आएका अन्यलाई पनि क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउँदैछौं ।’
फागुन २० मै नेपाल आएका उनलाई चैत २/३ गते नै ज्वरो आएको बताइएको छ । ‘उनलाई परिवारलगायत छरछिमेकले क्वारेन्टिनमा जान आग्रह गरेका थिए । उनले आफू हेटौंडामै २ हप्ता बसेर आएको भनेर पन्छिएका थिए ।
केही दिनयता संक्रमणका नयाँ बिरामी बढीरहेका छन् । जसले नेपालमा जोखिम बढाएको छ ।