Logo
Logo

दुई जना सचिवमा बढुवा, एकको सरुवा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ बैशाख ।
मंगलबारको मन्त्रिपरिषद्को बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ भने एक जनाको सरुवा गरेको । अर्जुन पोखरेललाई सचिवमा बढुवा गरी प्रदेश नम्बर २ को प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

त्यस्तै इन्जिनियरीङतर्फका सहसचिव सागर राईलाई सचिवमा बढुवा गरी नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन गरिएको छ ।
प्रदेश नम्बर २ का प्रमुख सचिव रामकृष्ण सुवेदीलाई सुदुरपश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ । प्रदेश २ को सरकारसँग उनको विवाद चल्दै आएको थियो । विवादका कारण उनी लामो समय विदामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्