Logo
Logo

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने


630
Shares

काठमाडौं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ । प्रदेश प्रमुख पर्शुराम खापुङले आज अपराह्न ४ बजे बस्ने प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।

निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस आजको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको छ । आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।

प्रतिनिधि सभामा अवरोध हटेकाले प्रदेश सभाको बैठकमा सहभागी हुने उनको भनाइ छ । यसअघि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने दिन र सरकारको नीति तथा कार्यक्रमको प्राथमिकता सार्वजनिक गर्ने प्रयोजनका लागि बोलाइएको दुवै बैठक कांग्रेसले बहिस्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्