Logo
Logo

नेदरल्याण्ड्ससँग खेल्नुअघि नेपाली टोलीले गरे पशुपतिनाथ र बौद्ध विहारको दर्शन


1k
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेल खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ ।

विश्वकपमा नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नुअघि नेपाली टिम टेक्सासको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारमा पूजा आराधनामा सहभागी भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज नेदरल्याण्डसँग आफ्नो पहिलो खेल खेल्दैछ । खेल नेपाली समयानुसार राति सवा ९ बजेबाट शुरु हुनेछ । नेपालले वेस्टइण्डिज र अमेरिकामा गरी करिव एक महिना तयारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्