Logo
Logo

प्रतिनिधिसभामा आज सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने


693
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे सुरु हुनेछ ।

आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ । संसद् सचिवालयका अनुसार बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको आज अर्थमन्त्री वर्षमान पुनले जवाफ दिने कार्यसूची रहेको छ ।

बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री पुनले ‘विनियोजन विधेयक, २०८१’ प्रस्तुत गर्नेछन् ।

‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ प्रस्तुत गर्ने, उक्त प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचना निर्णयार्थ प्रस्तुत गर्ने र ‘भन्सार महसुल विधेयक, २०८१’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्