काठमाडौं । कैलालीको टीकापुरमा हावाहुरीले ढलेको रुखले लागेर दुई जनाको मृत्यु भएको छ । हुरीले ढालेको रुखले लागेर तीन दिनमा १५ वर्षीया किशोरी र ७० वर्षका वृद्धको मृत्यु भएको हो ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका–१, विशालनगरकी १५ वर्षीया प्याउरी विक र सोही ठाउँका ७० वर्षका दलु पुरी रहेका छन् ।
प्याउरीको बिहीबार राति फुपूको घरबाट फर्किंदै गर्दा हुण्डरीले ढालेको रुखले लागेर मृत्यु भएको हो भने पुरीको सोमबार आएको हावाहुरीले रुख ढलेर घर च्यापिँदा मृत्यु भएको हो ।