Logo
Logo

शिक्षण अस्पतालमा प्रहरीबाट कुटिए डाक्टर, एसएसपीको नेतृत्वमा छानबिन सुरु


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ बैशाख ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सकले प्रहरीबाट आफुहरुमाथि कुटपिट गरेको बताएका छन् । ड्युटी सकेर फर्किएका कुटपिट भएको उनीहरुको भनाई छ ।

घटनाको छानबिनका लागि महानगरीय प्रहरी कार्यालय,रानीपोखरीका एसएसपी किरण बज्राचार्य, महानगरीय प्रहरी अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीसम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

बुधबार साँझ ड्युटी सकेर घर फर्कँदै गर्दा महानगरीय प्रहरी वृत्त महााजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डाक्टर शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डाक्टर विकास साहमाथि कुटपिट गरेको बताइएको छ । प्रहरीले भने डाक्टर भनेर नचिनेको र लकडाडन उल्लंघन गरेको पाइएपछि लखेटेको बताएका छन् । चिकित्सकहरुको हातमा सामान्य चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्