Logo
Logo

मधेशमा सरकार विस्तार, दुई मन्त्री नियुक्त


1.1k
Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सिंहले आफ्नो पार्टी जनमतबाट त्रिभुवन साहलाई वनमन्त्री र मोहम्मद सकिल मियाँलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

गत शुक्रबार मुख्यमन्त्री नियुक्त भएका सिंहले सोही दिन १० मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए । सत्ता भागबन्डाका क्रममा वन मन्त्रालय जनमतले पाउने सहमति भएको थियो । त्यसमा मुख्यमन्त्रीले आज साहलाई मन्त्री नियुक्त गरेका हुन् । साह सिरहाको क्षेत्र नं. ४ को (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ केहीबेरमा प्रदेश प्रमुखको कार्यालयमा हुँदैछ । योसँगै अब मधेशको मन्त्रिपरिषद् १६ सदस्यीय भएको छ ।

प्रतिक्रिया दिनुहोस्