काठमाडौं । बाणिज्य बैंकहरुले आज दिउँसो अनलाइन सेवा अवरुद्ध हुने जानकारी दिएका छन् । बैंकहरुले सूचना जारी गर्दै आज दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण बैंकको अनलाइन सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
भुक्तानी प्रणाली सञ्चालक संस्था फोन पेमा समस्या आउने भन्दै बैंकहरुले सेवा अवरुद्ध हुने जनाएका हुन् ।
फोनपेले आज आफ्नो डेटा अपग्रेड गर्दै छ ।
सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म डेटा अपेग्रेडिङको काम हुने भएकाले क्युआर ट्रान्सफर, फण्ड ट्रान्सफर लगायतका सम्पूर्ण अनलाइन सेवा बन्द हुने बैंकहरुले जनाएका छन् । ५ बजेपछि भने अनलाइन सेवा पुनः साविककै ढंगले सञ्चालन हुने बैंकहरुले जनाएका छन् ।