Logo
Logo

दुई दिनयता नेपालमा कोरोना संक्रमित नयाँ बिरामी भेटिएनन्


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ४ बैशाख ।
पछिल्लो दुई दिनमा नेपालका कोरोना संक्रमणका नयाँ बिरामी नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार यता सात जनामा कोरोना संक्रमण भएको र उनीहरुबाट धेरैलाई फैलिएको आशंका गरिएपनि उनीहरुबाट संक्रमण भेटिएको छैन । सरकारले परीक्षणका काम तिव्र गतिमा गरिरहेको छ ।


नेपालमा अहिलेसम्म पुष्टि भएका सङ्क्रमित व्यक्तिको सङ्ख्या १६ छ। तीमध्ये एक जना पहिला नै निको भइसकेका छन् भने १५ जना विभिन्न अस्पतालमा छन्।

बिहीवार अपराह्ण नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विगत २४ घण्टामा पीसीआर विधिबाट ३६९ वटा नमुनाको परीक्षण गरिएको तर कुनैमा पनि कोरोनाभाइरस नभेटिएको बताए। उनका अनुसार सो अवधिमा कुल ३,२६३ व्यक्तिबाट सङ्कलित नमुना को आरडीटी अर्थात् द्रुत विधिबाट परीक्षण गरिएको थियो।

आरडीटी विधिबाट परीक्षण गर्दा रगतको नमुनामा एन्टीबडी देखिएमा सम्भावित सङ्क्रमित व्यक्तिको घाँटीबाट सङ्कलित नमुना गरी त्यसमा भाइरस भए नभएको हेर्न पीसीआर विधिबाट थप परीक्षण गरिन्छ।

यसअघि मङ्गलवार लगातार तेस्रो दिन कोभिड १९ भएका व्यक्तिहरू फेला परेका थिए। देवकोटाका अनुसार अस्पतालमा भएका सङ्क्रमित व्यक्तिको स्वास्थ्यस्थिति राम्रो छ।
उनीहरूमध्ये दुई जना टेकु, दुई जना बागलुङ, चार जना वीरगन्ज र पाँच जना कैलालीस्थित अस्पतालमा उपचार गराइरहेका छन्।
आरडिटी परीक्षणमा भने हेटौंडा लगायत क्षेत्रमा पोजेटिभ रिपोर्ट आएको छ ।

प्रतिक्रिया दिनुहोस्