Logo
Logo

धनगढी प्राधिकरण प्रमुखबाटै ‘लकडाउन’मा सवारी साधनको दुरुपयोग


वीरेन्द्र रावल

0
Shares

  • वीरेन्द्र रावल

धनगढी, ५ बैशाख । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार चौधरीले लकडाउनका बेलामा सवारी साधनको दुरुपयोग गरेका छन् ।


मानिसलाई सरकारले पूर्ण रुपले लकडाउनमा बस्न आग्रह गरिरहँदा सडकमा घरबाट बाहिर मोटरसाइकलमा कामका लागि निस्कने मानिसलाई प्रहरी प्रशासनले कोर्रा लगाइरहेका छन् । यसैबेला सरकारी सवारी सधानको दुरुपयोग धनगढी बिद्युत वितरण केन्द्रका प्रमूख चौधरीले गरेका छन् ।
वितरण केन्द्रका प्रमूख चौधरी यतिखेर धनगढीमै छन् । तर, बा १ ञ २२९५ नम्बरको जीपको पास बनाउँदा कार्यालय प्रमुखलाई काठमाडौ लिन जाने भनेर २ बैशाखमा उक्त पास बनाइ धनगढीबाट काठमाडौका लागि हिँडेको स्रोतको भनाइ छ ।
बिद्युत वितरण केन्द्र धनगढीका प्रमुखले सवारी साधनको किन दुरुपयोग गरे ? भन्ने बारेमा जानकारी लिन खोज्दा प्रमुख चौधरीले फोनबाट धेरै कुरा गर्न नमिल्ने बताए । उनले कार्यालयमै आएर बसेर कुरा गर्ने बताए ।्
जनतालाई लकडाउनको नियम लाग्ने, तपाइँ भने धनगढीमा हुनुहुन्छ, परिवारका सदस्य लिनका लागि जीप काठमाडौं किन पठाइयो भन्ने जिज्ञाशामा उनले कार्यालयको प्रशासन शाखाको प्रमुख काठमाडौंमा भएकाले उनी लगायतका व्यक्तिहरु लिनका लागि सवारी पठाएको बताए । यदि काठमाडौंबाट तपाइँका मानिसहरु धनगढीमा आएको खण्डमा क्वाइरेन्टाइनमा राख्नु हुन्छ की हुन्न भन्ने जिज्ञासामा भने उनले कुनै जवाफ दिएनन् ।
सरकारी साधनको दुरुपयोग गर्ने कार्य कदापी हुन नहुने भएकाले प्रशासनले ती मानिसलाई क्वारेन्टाइनमा राख्नुपर्ने र सवारी साधनको दुरुपयोगबारेमा सत्यतथ्य छानविन गरी कारबाही गरिनुपर्ने बताउँछन्, जिल्ला समन्व्य समिति कैलालीका प्रमसख सूर्यबहादुर थापा ।
लकडाउनका लागि सरकारी साधनमा मानिस बोक्ने कार्य कदापी नियम संगत नभएकाले त्यस्तो कार्य गर्नेमाथि छानविन गरिनुपर्ने र त्यसबारेमा स्थानीय प्रशासनसँग छलफल गरिने स्ुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भटट्का स्वकीय सचिव शिवसिंह ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्