Logo
Logo

७५ जिल्लामा कोरोना परीक्षण, तीन दिन यता नयाँ बिरामी छैनन्ः स्वास्थ्य मन्त्रालय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ बैशाख ।
सरकारले कोरोना परीक्षणलाई तिव्रता दिएको छ । ७५ जिल्लामै परीक्षण सुरु भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । उनका अनुसार डोल्पा र सोलुखुम्बु बाहेक जिल्लामा परीक्षण सुरु भइसकेको छ ।

विगत ७२ घन्टा यता नेपालमा नयाँ कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता डा देवकोटाले नेपालमा कोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी दिएका हुन्। विभिन्न जिल्लामा आरडिटीमा पोजेटिभ देखिएको र उनीहरुमध्ये कतिपयको पिसिआर रिपोर्ट आउन बाही भएको उनले बताए ।
गत मंगलबार २ जनामा कोरोना भाइरस पोजेटिभ देखिएकोमा बुधबार, बिहीबार र शुक्रबार कोरोना संक्रमित बिरामी नभेटिएका हुन्।

यसैगरी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि कोरोना भाइरसको विस्तृत परीक्षण गरिने आरटी पिसिआर मेसिनबाट परीक्षण सुरु हुने भएको छ। यसअघि १३ स्थानमा कोरोना भाइरसको आरटीपिसिआर प्रविधिबाट परीक्षण सुरु भइसकेको छ। सुरुमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालबाट सुरु भएको यस्तो परीक्षण पाटनमा सुरु भएपछि १४ स्थानमा पुग्ने छ।

प्रतिक्रिया दिनुहोस्